नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यातालिक सार्वजनिक भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

समितिले मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । शनिबार अपराह्न ४ बजेसम्म मतदाता उपर दाबी विरोधको सयम, मतदाता नामावलीमा दाबी विरोधको सूचना ४ः१५ बजेसम्म, ४ः५० सम्म दाबी विरोधमाथि अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक हुनेछ ।

यसैगरी, उम्मेदवार मनोनयनको प्रक्रिया शनिबार साँझ ८ बजेदेखि सुरु हुने समितिले जनाएको छ । साथै राति साढे १० बजे उम्मेदवार मनोनयन पछिको सूची सार्वजनिक गरिने छ ।

त्यस्तै आइतबार बिहान ८ बजेदेखि साढे ८ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय छुट्याइएको छ भने ८ः३५ मा उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना समितिले दिने छ ।

यसैगरी, उजुरी उपर छानबिन ८ः४० देखि ९ बजेसम्म, ९ः१० बजे उम्मेदवारको नामावली सार्वजनिक, ९ः३० देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय, ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ । त्यसपछि साढे ११ देखि ४ बजेसम्म मतदान हुने समितिले जनाएको छ ।

शनिबार, १७ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान