Trending
पछिल्लो २४ घण्टामा देशभर थप ३८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
५ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा ३४२ र १५९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी जना गरी ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाटकसैको मृत्यु भएको छैन । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५९४ पुगेको छ ।