नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार सुरु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि २५ समूह बनाएर छलफल हुने भएको छ ।

जसमा प्रदेशका ९ वटा समूह, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, विभाग, परराष्ट्र लगायत विभिन्न छुट्टा–छुट्टै २५ समूहमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । महराका अनुसार मंगलबार सारमा छलफल गरेर बुधबार छलफलको निष्कर्ष प्रस्तुत हुनेछ ।

प्रवक्ता महराका अनुसार जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकारका तीन समूह बनेका छन् । जसको नेतृत्व नन्दकुमार थापाले गरेका छन ।

प्रदेश १ को समूहको नेतृत्व हर्क गुरुङ, प्रदेश २ को गणेश साह, बागमती प्रदेशको सरल सहयात्री, गण्डकी प्रदेशको गायत्री गुरुङ, लुम्बिनी प्रदेशको चक्रपाणि खनाल, कर्णाली प्रदेशको विमला केसी र सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टलाई दिइएको छ ।

जबस अमृता थापा, प्रवास समितिमा लक्ष्मण पन्त, विभागमा मायाप्रसाद शर्मा टोली नेता बन्दा सम्पर्क समन्वय प्रदेशमा कृष्ण अधिकारी रहेका छन ।

सोमवार, १२ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान