बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका छन । उनले नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । यससँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएका छन् ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रीमा मिलनबाबु श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, बलराम पौडेल तथा राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, रजनी अमात्य जोन्छे र कल्पना नेपालीलाई नियुक्त गरेका हुन ।

मन्त्रीमा नियुक्तिसँगै प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथग्रहण गराएका छन । यस्तै राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको शपथग्रहण गराए ।

विस्तारित मन्त्रिपरिषद्‍मा मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, दीपेन्द्र श्रेष्ठले संस्कृति तथा पर्यटन मन्त्रालय, बलराम पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। प्रजालाई भौतिक तथा पूर्वाधार विकास मन्त्रालय, जोन्छेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालीलाई स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

प्रदेशमा यसअघि आठवटा मन्त्रालय रहेकोमा गत मङ्सिरमा गठबन्धनको सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्‍याइएको थियो ।

प्रदेशको मन्त्रिमण्डलमा एकीकृत समाजवादीले मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री तथा काँग्रेसले पाँच मन्त्री र तीन राज्यमन्त्री पाएको छ ।

शुक्रबार, ९ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा