Trending
नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन । मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याए।
यस्तै तीनजना उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएकोमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी भएका छन ।
सचिवमा गणेश उप्रेती, ३ जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किराँती विजयी भए भने कोषाध्यक्षमा रेवतराज पुरी ९गगन० विजयी भए ।
९ जना पदाधिकारीका २९ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचनमा २४० जनाले मतदान गरेका थिए ।