विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेशन ओमिक्रोन भेरियन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले ‘कठिन निर्णय’ गरिनुपर्ने बताएका छन् । ‘ुकेही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु हुने छ,’ उनले थपेका छन् ।

उनका अनुसार ‘ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य’ प्राप्त भएको छ । बीबीसीमा प्रकाशित समाचारमा जनाइए अनुसार का अनुसार फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागू गर्नाका साथै नयाँ भेरियन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागू गरेका छन् । सोही बेला डब्ल्यूएचओका प्रमुख डा। गेहब्रेयससको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

समाचार अनुसार द नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक गरेको छ । सोमवार ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनले ‘देशलाई बन्द गर्ने’ योजना नबनाएको जनाएको छ ।

अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी दिएका छन् ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन् ।

नजिकिदो क्रिसमसका बेला गरिने आवतजावत तथा छुट्टीका कार्यक्रमहरूले कोरोनाको नयाँ भेरियन्ट फैलावटमा मद्दत पुग्ने भन्दै डब्ल्यूएचओले बारम्बार सचेत गराउँदै आएको छ ।

यसैबीच क्रिसमसको भीडभाडका कारण कोभिडको नयाँ भेरियन्ट झन् तीव्र बन्न सक्ने चेतावनी अमेरिकी विज्ञहरूले पनि दिइसकेका छन् ।

मङ्लबार, ६ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !