नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गरेकी छिन । डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याइन ।

आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा पनि शेखर कोइराला प्यानलका विकास लामालाई हराउँदै शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन । लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन । आङ्देङ्वेले २७११ मत ल्याएका थिए भने लामाले १९१३ मत पाए ।

दलित क्लस्टरको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलबाट जीवन परिवार निर्वाचित भएका छन । उनले सभापति शेरबहादुर देउवा प्यालनका मानबहादुर विश्वकर्मालाई पराजित गरे । परियारले २२१२ मत र प्रतिस्पर्धी विश्वकर्माले २११२ मत ल्याए ।

अरु पाँच सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार, २ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो