Trending
नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन ।
काठमाडौंमा भएको १४ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा समूहका खड्का र डा शेखर कोइराला समूहका गुरुङ निर्वाचित भएका हुन ।
खड्काले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २१२१ मत र धनराज गुरुङ १९०८ मत प्राप्त गर्दै विजयी भएका छन् । विजयकुमार गच्छदारले भने १९०६ मत प्राप्त गरेर झिनो मतअन्तरले पराजय भोगे । चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरे ।