ओमिक्रोन भेरियन्ट सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ ।

विभिन्न ७७ वटा देशमा पुष्टि भइसकेको यो निकै उत्परिवर्तित भेरियन्ट निकै तीब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा हुनसक्ने डब्ल्यूएचओ प्रमुख डा। टेड्रोस एड्हानोम गेब्रेयसले बताएका हुन् । ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको उनको भनाइ छ ।

पत्रकारहरूसँग कुरा गर्दै उनले ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको बताएका छन् । उनले भने, ‘ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसका खास सङ्ख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्छन् ।’

नयाँ भेरियन्टसँग जुध्न कयौँ देशले बूस्टर मात्रा शुरू गर्ने बताएका बेला मङ्गलबारको पत्रकार सम्मेलनमा डा टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहोर्याएका हुन् ।

उनले बूस्टरहरूले ‘कोभिड फैलन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने’ भए पनि केलाई प्राथमिकता दिने भन्ने अहम प्रश्न रहेको बताएका छन् ।

बुधबार, २९ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !