Trending
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा भाग नलिने भएका छन् ।
पार्टीको १४ औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएका नेता पौडेलले मतदानमा पनि सहभागी नहुने बताइएको छ ।
कांग्रेसको नेतृत्वका लागि सोमबार विहानदेखि मतदान हुँदैछ । जसमा ५ जना सभापतिका उम्मेदवारसहित १३२ जनाको लागि मतदान हुनेछ ।