नेपाली कांग्रेस केन्द्रीयको १४औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । अहिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि राष्ट्रिय सभागृहमा दुई र भृकुटीमण्डपमा एक गरी तीनवटा मतदान केन्द्र निर्माण गरिएको छ । ती केन्द्रमा निर्माण गरिएको एक हजार एक सय बुथमा मतदान गर्नुपर्नेछ ।

मतदान सहजिकरणका लागि स्वयंसेवकहरु परिचालन गरिने भएको छ । सभापति लगायत पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान हुने भएकाले एकै जनालाई आधा घन्टा भन्दा बढी समय लाग्नसक्ने अनुमान गरिएको छ । मतदान शान्तिपूर्ण ढङ्गले गराउन सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

मतदानस्थल लगायत समग्र सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । मतदानका लागि ८७ वटा मत पेटीका व्यवस्था गरिएको छ । हरेक मतदान केन्द्रमा २९-२९ वटा मतपेटीका राखिने पनि निर्वाचन समितिले जनाएको छ ।

गएराती प्रकाशित गरिएको उम्मेदवारको अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङ गरी पाँच जनाको उम्मेदवारी कायम भएको छ ।

यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातै जनाको उम्मेदवारी कायमै छ । दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ ।

सोमवार, २७ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान