नेपाली काँग्रेसको शुक्रबारदेखि जारी १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता गरिँदै छ । नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो ।

आज बिहान निर्वाचन प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार कुल १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुनेछ ।

आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता हुनेछ । सभापतिदेखि केन्द्रीय सदस्यसम्मको पदका दाबेदारहरुको उम्मेदवारी दर्ता हुन लागेको हो । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

उम्मेदवारी मनोनयनमाथि यदि कुनै दाबी वा विरोध भएमा वा नाम फिर्ता लिन चाहेमा भोलि आइतबार दिउँसो १ बजेसम्मको समय तोकिएको जनाइएको छ ।

काँग्रेसको विधानमा १६७ जनाको केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ । जसमध्ये अहिले १३४ जनालाई निर्वाचित गरिनेछ । यसमा १ जना सभापति, २ जना उपसभापति, २ जना महामन्त्री तथा सहमहामन्त्री गरी ७ जना पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । यसबाहेक केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्ष मनोनीत गर्ने र अन्य ३३ जनालाई सभापतिले केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउने विधानमा उल्लेख छ ।

महाधिवेशनमा मतदानका लागि ४ हजार ७४३ जना प्रतिनिधि निर्वाचित भएर आएको जनाइएको छ । उनीहरु ७७ वटै जिल्लाबाट तथा पार्टीका भ्रातृ सङ्गठनहरु, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट चुनिएर आएका हुन् ।

शनिबार, २५ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो