जर्मन कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना विरुद्धको खोपको बुस्टर डोज हालै भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‌ओमिक्रोनका लागि प्रभावकारी देखिएको छ ।

ओमिक्रोन संक्रमणबाट बच्न दुई मात्रा खोप मात्रै प्रभावकारी नहुन सक्ने तर बुस्टरका रुपमा तेस्रो मात्रा लगाएपछि भने थप प्रभावकारी रहेको कम्पनीले जनाएको छ ।

ओमिक्रोन यस पहिले देखिएका अन्य भेरियन्ट भन्दा छिटो सर्न सक्छ भन्ने सङ्केतले विश्वव्यापी चिन्ता उत्पन्न गरेको छ । साथै यसका थुप्रै म्युटेसनले खोपले प्रदान गर्ने रोग प्रतिरोधात्मक क्षमताबाट उम्कन सक्छ भन्ने डर रहेको छ ।

ओमिक्रोनका कारण अहिलेसम्म कुनै मृत्यु भएको प्रमाण भने भेटिएको छैन । हिजो प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले आफ्नो खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने कोभिड–१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुने दावी गरेका छन् ।

कम्पनीले दुई मात्रा खोपले मात्र ओमिक्रोनको भेरियन्टलाई पूर्णतया तटस्थ पार्न प्रभावकारी नहुनसक्ने धारणा राखेका हुन् ।

खोप लगाएका मानिसहरूको रगतको सिरम प्रयोग गरेर प्रयोगशालामा गरिएको प्रारम्भिक अनुसन्धान अनुसार ओमिक्रोन विरुद्ध एन्टिबडीको एउटै तहमा उत्पन्न हुने हुनाले तेस्रो मात्रा अर्थात् बुस्टर डोज आवश्यक भएको बताइएको हो ।

बिहिबार, २३ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा