नेपाल र फ्रान्सबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्नेबारे कुराकानी भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओबीच भेटवार्ता भएको छ ।

बोर्डमा भएको भेटका क्रममा दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासको आदानप्रदान गर्ने कुरामा जोड दिइएको छ ।

भेटका क्रममा राजदूत गिल्सले नेपालको पर्यटन विकासका लागि फ्रान्स सधैँ सकारात्मक रहेको उल्लेख गर्दै फ्रान्सेली पर्यटकले नेपालको साहसिक पर्यटन, पदमार्ग तथा यहाँको प्राकृतिक सुन्दरता मन पराउने बताए । उनले आफूसमेत पदमार्ग गर्न रुचि राख्ने व्यक्ति भएको बताए ।

यस्तै उहाँले फान्सेली पर्यटकको नेपाल आगमनका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले युरोपेली शहरबाट नेपालसम्मको सिधा उडान भए नेपालमा युरोपेली पर्यटक आगमन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बोर्डका कार्यकारी अधिकृत रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो नरहको उल्लेख गर्दै विदेशी पर्यटक आगमनमा सहजता ल्याउने गरी काम भइरहेको जानकारी दिए ।

उनले साहसिक पर्यटनमा रुचि राख्ने फ्रान्सेली पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताउँदै सन् २०१८ मा फ्रान्सबाट करिब ३२ हजार र सन् २०१९ मा ३१ हजार पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिए ।

यस्तै बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले फ्रान्सबाट भारत, भुटान, थाइल्याण्डका गन्तव्यमा काम गर्ने पर्यटन व्यवसायीलाई नेपालसम्म लिङ्क गर्नुपर्नेमा जोड दिए । नेपाल र फ्रान्सबीच सन १९४९ अप्रिल २० देखि दौत्य सम्बन्ध रहँदै आएको छ ।

बिहिबार, २३ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !