प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ ।

महाधिवेशनमा भाग लिने ४ हजार ७ सय जना भन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३१९ जनाको नाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ ।

नेतृत्वका लागि आगामी शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । महाधिवेशन व्यवस्थित तरिकाले सम्पन्न गर्न गठित विभिन्न उपसमिति आ–आफ्नो जिम्मेवारीका साथ कार्य गर्दै छन् ।

शीर्ष नेताहरु नेतृत्व दाबी गर्दै प्यानल निर्माणको गृहकार्यमा छन् । गुट–उपगुटमा रहे पनि प्यानलमा पर्ने रणनीतिका साथ नेताहरुको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

महाधिवेशनको अन्तिम तयारीमा रहेकाले देशभरबाट कांग्रेस नेताहरु राजधानी आउने क्रम जारी छ । नीतिभन्दा पनि बढी नेतृत्वमा जोड दिँदै आएका कांग्रेसका शीर्ष नेताहरुको बुधबार दिनभरको दौडधूप नेतृत्वकै विषयमा केन्द्रित रह्यो ।

प्रचारप्रसार व्यापक बनाइँदै

कांग्रेसले भोलिदेखि सुरु हुने पार्टीको १४औं महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थितरुपमा अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको प्रचारप्रसार समितिअन्तर्गत विभिन्न जिम्मेवारी तोकेको छ ।

समितिले डा सुरेश आचार्यलाई मिडिया सेन्टर संयोजक, बद्री सिग्देललाई प्रेस सङ्घसङ्गठन समन्वय संयोजक, समीरजङ्ग शाहलाई अनलाइन समन्वय संयोजक, दिपेश विष्टलाई सामाजिक सञ्जाल समन्वय संयोजक, शिव लम्साललाई मोफसल मिडिया सम्पर्क प्रचार संयोजक, दीपक आचार्यलाई उपत्यका प्रिन्ट मिडिया संयोजक, सरोज अधिकारी बिट समन्वय संयोजक र नीर शाहलाई टेलिभिजन समन्वय संयोजक तोकिएको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

यसैगरी रेडियो समन्वय संयोजकमा गोपाल झा, बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजकमा डा अञ्जनी झा, महिला प्रचार समन्वय संयोजकमा अञ्जना अर्याल, युवा प्रचार समन्वय संयोजकमा विकल राई, महाधिवेशनस्थल काठमाडौँ महानगर प्रचार समन्वय संयोजकमा निलकाजी शाक्य, सामाजिक सङ्घसंस्था प्रचार समन्वय संयोजकमा फूलकुमार लालवानी, प्रवास क्षेत्र प्रचार समन्वय संयोजकमा विमल सुवेदी, स्वागतद्वार र शृङ्गार संयोजकमा गोविन्द पुडासैनी, कला संयोजकमा मीन भाम र डिजिटल बोर्ड प्रचार संयोजकमा सुशन वैद्यलाई तोकिएको छ ।

केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज

यसैबीच भोलिदेखि शुरू हुने १४औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजै बोलाइएको छ । बैठक बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक समेत हुने छ ।

बिहिबार, २३ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे