Trending
नेपाली कांग्रेसको १४ औ महाधधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनु भएका पासाङ् शेर्पाको जित सुनिश्चित भएको छ । उहाँले आदीवासी जनजातिको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनु भएको हो । संस्थापन पक्षबाट आफ्नो उम्मेद्वारी भएकाले पनि आफ्नो जित सुनिश्चित भएको उहाँको भनाई थियो ।
दुर्गम जिल्ला संखुवासभाबाट २०६४सालमा संविधानसभा सदस्यको रुपमा काम गरी सक्नु भएका शेर्पा यस पटक पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा लोकप्रिय मतका साथ संखुवासभाबाट बिजयी हुनु भएको छ । २०३६ सालबाट नै नेपाली कांग्रेसको राजनीतिमा सकृय शेर्पाले प्रदेश एकको निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
संविधान निर्माणमा जनतातिको तर्फबाट उहाँले सकरात्मक भूमिका निर्वाह गर्नु भएको थियो । खस्कदै गएको नेपाली कांग्रेसको साखलाई उचाईमा पृु¥याउने उहाँको प्रतिबद्धता छ । दिगो शान्ति, समृद्धी र विकासले मात्र नेपाली कांग्रेसलाई निकास दिन सक्ने भन्दै युवालाई प्राथमिकतामा राख्न आफ्नो उम्मेद्वारी भएको उहाँको भनाई थियो ।
शेर्पाको परिचय यति मात्र हैन, उहाँले सामाजिक कामका पनि अतुलनिय योगदान गर्नु भएको छ । शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उहाँले दुर्गम क्षेत्रका जनातामाझ गर्नु भएको काम अनुकरणीय छ । अहिले पनि पासाङ शेर्पाले झण्डै ३ सय ५० बालबालिकालाई छात्रवृतिमा अध्ययन गराई राख्नु भएको छ । उहाँले यस शिक्षा कार्यक्रम अन्र्तगत धेरै बालबालिकाको भविश्य उज्यालो बनाई सक्नु भएको छ ।
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा जिल्ला अस्पतालको स्वास्थ्य सुधारसंगै दुर्गम क्षेत्रका जनताको स्वास्थ्यलाई प्राथमिकता राख्नु भएको छ । जहाँ दुःख त्यहाँ पासाङ शेर्पा भन्ने उहाँको योगदानको अहिले चरितार्थ भएको छ । त्यसैले पनि दुर्गममा जन्मिएर उहाँले गरेको योगदानका कारण पनि यसपटक भने उहाँ सबैले रुचाईएका व्यक्तित्वका रुपमा हुनुहुन्छ ।