नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद् अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

सर्लाही क्षेत्र नम्बर ४ मा मंगलबार भएको अधिवेशनबाट सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। अधिवेशनमा सभापति शेरबहादुर देउवा निकटका नेता वीरेन्द्र सिंहको प्यानलनै विजयी भएको छ।

आज बिहान सार्वजनिक मतपरिणाम अनुसार विरेन्द्रले ५ सय १४ मत ल्याउँदा अमरेशले २ सय ४८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने छैनन्।

केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला निकटका नेता अमरेशले सर्लाहीको क्रियाशील वितरणमा संस्थापन समूहले धाँधली गरेको आरोप लगाउँदै आएका थिए।
क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको उनको आरोप थियो।

क्रियाशील सदस्यताकै विवादलाई लिएर सर्लाहीमा हवाइ फायर तथा झडप समेत भएको थियो।

 

बुधबार, २२ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा