प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४ औ महाधिवेशनको तयारीलाई व्यवस्थीत रुपमा अघि बढाउन पाटी पङ्तीलाई निर्देशन दिएका छन ।

पार्टी कार्यालय सानेपामा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै देउवाले महाधिवेशनलाई भव्य र व्यवस्थीत रुपमा सम्पन्न गर्नका लागि सवै तयारी पुरा गर्न निर्देशन दिएका हुन ।

बैठकमा प्रचार प्रसार समिति, आवास समिति, स्वास्थ्य समिति लगायतले उद्घाटन समारोहका तयारीका बारेमा जानकारी गराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवशेनमा पार्टीको महामन्त्रीले संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन र अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेश हुने प्रवक्ता शर्माले जानकारी दिए ।

महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको प्रवक्ता शर्माले बताए । उनले महाधिवेशनको बन्द सत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानमा २९ वटा मतपत्र हुन सक्ने बताए ।

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।

मङ्लबार, २१ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान