नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत ६ वटा प्रदेशको अधिवेशन सम्पन्न भएको छ । यसैक्रममा नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा उद्धव थापा, बागमती प्रदेशको सभापतिमा इन्द्र बानीयाँ र लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर निर्वाचित भएका छन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रदेश १ समितिको निर्वाचनमा थापाले आफ्ना प्रत्यासी गुरुराज घिमिरेलाई २ मतले पराजित गरी निर्वाचित भएका हुन ।

थापाले ८ सय ४४ मत प्राप्त गरे भने घिमिरेले ८ सय ४२ मत पाए । यसैगरी उपसभापतिमा रमेशजंग रायमाझी र टंक प्रसाद र्राई, महामंत्रीमा भुपेन्द्र र्राई र उमेश थापा, सह महामंत्रीमा प्रमिला गच्छदार, खड्ग फागो र विनोद कुमार बस्नेत निर्वाचित भएको निर्वाचन अधिकृत भरत बहादुर थापाले जानकारी दिए ।

प्रदेश समितिको निर्वाचनमा प्रदेश १ को १४ जिल्लाका १ हजार ७ सय ७० मतदाता रहेकोमा १ हजार ७ सय ५३ मत खसेको थियो ।

यसैगरी दोश्रो चरणमा भएको बागमती प्रदेशको सभापतिमा इन्द्र बानीयाँ निर्वाचित भएका छन । बानियाँ प्रतिद्वान्द्वी जगदीश्वरनरसिंह केसीलाई १५८ मत अन्तरले पराजित गर्दै प्रदेश सभापतिमा निर्वाचित भएका हुन ।

गत शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो। सो प्रतिष्पर्धाबाट भिमसेनदास प्रधान बाहिरिनु भएको थियो ।

यता लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् । पुनले भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाए ।

पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन् । दुई उपसभापतिमा भुवन श्रेष्ठ र राजु खनाल  विजयी भएका छन् । अष्टभुजा पाठक र सुधाकर पाण्डे पराजित भए ।

यस्तै महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य विजयी भएका निर्वाचन समितिका सदस्य अधिवक्ता जीवनारायण अधिकारीले जानकारी दिए । महामन्त्रीमा संस्थापनका खिमानसिंह रायमाझी र जन्मजय तिमिल्सेना पराजित भए ।

महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भएकी छन् । उनले सरिता चौधरीलाई पराजित गरिन् । खुल्ला सहमहामन्त्रीमा विष्णु खनाल मुस्कान र खगराज पाण्डे विजयी भए । शनिबार भएको मतदानको परिणाम आउन दुई दिन लागेको हो ।

उता नेपाली कांग्रेस प्रदेश नं.२ को अधिवेशन अन्तरगत अझै निर्वाचन प्रकृया शुरु भएको छैन । अधिवेशनको उद्घाटन मंसिर १६ गते भएपनि विभिन्न जिल्लाका मतदाता नामावली प्राप्त नभएका कारण निर्वाचन प्रकृया शुरु नभएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेशको आठ वटा जिल्ला मध्ये सप्तरी ,महोत्तरी ,बारा र रौतहट जिल्लाबाट हालसम्म मतदाता नामाबली लगायतका निर्वाचन परिणाम नपठाएको कारण उम्मेदवारको मनोनयन पत्र दर्ता लगायत निर्वाचनको प्रकृया अगाडि नबढेको प्रदेश नं २ का निर्वाचन समितिका संयोजक रमेश रिजालले बताए ।

सोमवार, २० मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा