नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित हुनुभएको हो ।

शर्माका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित हुनुभएको छ । १ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत ल्याउनुभयो । जोशीले ५ सय २८ मत पाउनुभएको थियो ।

सभापतिमा निर्वाचित शर्मा २०४५ देखि २०६१ सम्म कास्की कांग्रेसको सभापति हुनुहुन्थ्यो । उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेका छन् । पौडेल पक्षबाट उपसभापतिमा कल्पना तिवारी विजयी हुनुभएको छ ।

यस्तै महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ विजयी हुनुभएको छ भने सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट निर्वाचित हुनुभएको छ ।

 

आइतवार, १९ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा