Trending
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन । आज बिहान सम्पन्न मतपरिणामबाट थापालाई २ सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन ।
लिङदेनले १८१७ मत ल्याउँदा कमल थापाले १६ सय १७ मत प्राप्त गरेका छन छ । लिङदेन राप्रपाबाट निर्वाचित एक मात्र प्रतिनिधिसभा सदस्य हुन ।
यस्तै उपाध्यक्षमा विक्रम पाण्डे २५ सय २१ मत, ध्रुबबहादुर प्रधान १८ सय १४ मत र बुद्धिमान तामाङले १९ सय ४४ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। उपाध्यक्ष महिलातर्फ रोशन कार्की १५ सय ८९ मत ल्याएर बिजयी भइन ।
यस्तै महामन्त्रीमा धवल शमशेर राणा विजयी भए । उनले २२ सय २१ मत ल्याए । यस्तै अर्का महामन्त्रीमा भुवन पाठक विजयी भए । महामन्त्री महिला तर्फ प्रतिस्पर्धी रेखा थापालाई पराजित गर्दै कुन्ती कुमारी शाही निर्वाचित भइन । शाहीले २००८ मत ल्याउँदा थापाले १६४० भोट पाइन् ।
शाही अध्यक्ष कमल थापा प्यानलबाट र थापा लिङ्देन प्यानलबाट चुनाव लडेका थिए । नयाँ नेतृत्वको लागि थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए।
मतगणनामा ४३१ मत बदर भएको छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।