Trending
गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनियताको सपथ लिएका छन ।
आजै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दै विना विभागीय मन्त्रीमा नियुक्त भएका विश्वकर्मालाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ गराएका हुन ।
यसअघि नै मन्त्री बन्ने चर्चा भएर सपथका लागि जाँदै गर्दा विश्वकर्माको नाम काटिएको थियो । उनको ठाँउमा प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई मन्त्री बनाएपछि ब्यापक आलोचना भएको थियो ।
नबनियुक्त मन्त्री विश्वकर्माले संवैधानिक अधिकार अनुसार तोकिएको काम गर्ने बताए ।