Trending
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए ।
तीन दिन अघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका थिए । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन् ।
हमाललाई मन्त्री बनाएको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको पनि आफ्नै पार्टी र बाहिरबाट आलोचना हुँदै आएको छ।