Trending
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २२७ सहित देशभर थप ७६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ९४ हजार ५९६ जना पुगेको छ ।
६ हजार १६८ पीसीआर परीक्षणमा ६३६ र ५८६३ एन्टिजेन परीक्षणमा १२४ जनामा गरी ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १४५, भक्तपुरका २५ जना र ललितपुरका ५७ गरी उपत्यकामा कुल २२७ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८९९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ७५ हजार ०७२ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११२२१ पुगेको छ ।