प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन ।

स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तकको आज विमोचन गर्दै उनले शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेकोसमेत बताए । क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिँदै जाने बताउँदै उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गरे ।

सांसद मीन विश्वकर्माले बीपी कोइराला, प्रजातन्त्र र कांग्रेस एक अर्काका परिपूरक भएको बताउँदै जनतालाई प्रजातन्त्रको अर्थ, महत्व र अभ्यासका बारेमा बुझाउनुपर्ने आजको आवश्यकता भएको बताए ।

राष्ट्रियसभा अन्तर्गत दिगो विकास समितिका सभापति तारादेवी भट्टले संयुक्त राष्ट्र सङ्घले हाल अघि बढाएको दिगो विकासको लक्ष्य बीपी कोइरालाले आफ्नो समयमा परिकल्पना गरेको सिद्धान्त र विचारसँग मिल्दोजुल्दो भएको बताए ।

कार्यक्रममा पूर्वराजदूत दिनेश भट्टराई, संविधानविद् डा विपिन अधिकारी, स्कूल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष र एवं नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरलगायतले बीपीका सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै बीपीका बारेमा थप अध्ययन र अनुसन्धानको खाँचो औँल्याए ।

-रासस

शनिबार, २३ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो