प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन ।

प्रधानमन्त्रीले आफू नेतृत्वको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नयाँ मन्त्रीलाई शपथ खुवाउने तयारी गरेका हुन । शपथअघि प्रधानमन्त्रीले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

नेपाली कांग्रेसबाट रक्षामा डा। मिनेन्द्र रिजाल, कानून, न्याय तथा संसदीय मामिलामा दिलेन्द्रप्रसाद बडु, महिला तथा बालबालिकामा उमा रेग्मी र खानेपानीमा उमाकान्त चौधरीको नाम तय भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइने भएको छ ।

कांग्रेसबाट बालकृष्ण खाण गृह र डा। नारायण खड्का परराष्ट्र तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन ।

नेकपा एकीकृत समाजवादीले चार मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पठाउने भएको छ ।

जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा रेणुकुमारी यादव, रामसहाय यादव र प्रमोद साहलाई मन्त्री बनाउने भएको छ ।

माओवादी केन्द्रले यसअघि नै देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वरजंग गहतराजलाई मन्त्री बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ । माओवादीबाट हाल जनार्दन शर्मा अर्थ र पम्फा भूसाल ऊर्जा मन्त्री छन ।

शुक्रबार, २२ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो