file photo

नेकपा (एकीकृत समाजवादी)ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुङ्गो लगाउने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने भएको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

महासचिव बेदुराम भुसालको संयोजकत्वमा आज गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक भोलि बस्ने भएको छ । उहाँका अनुसार पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय पाउने भएको छ । उनले भोलि सबै गठबन्धन दलले सरकारमा सहभागी हुने मन्त्रीको नामावली बुझाएपछि मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

यस्तै बैठकले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । उनका अनुसार उपमहासचिव खतिवडा र सचिवमा गरिमा शाह, जीवराम श्रेष्ठ र भागवत विश्वासी रहेका छन ।

यस्तै बैठकले केन्द्रीय सदस्य नामावली सार्वजनिक गर्न गृहकार्य गरे पनि भोलि केन्द्रीय सचिवालयले नामावली टुङ्गो लगाउने उहाँले बताउनुभयो । भोलि केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाएपछि पर्सीसम्ममा नाम सार्वजनिक गर्ने उहाँको भनाइ छ । नेकपा (एकिकृत समाजवादी)को ३०१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

पार्टीले अनुशासन, लेखा र निर्वाचन आयोगमा ३५ सदस्यीय हुने निर्णय गरेको छ ।उनका अनुसार ती आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको पद राखिने भएको छ । यस्तै केन्द्रीय विभाग २५ सदस्यीय, जिल्ला कमिटी १०१ सदस्यीय, स्थानीय तहका कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव दुई गरी छ पदाधिकारी राख्ने निर्णय गरिएको छ । बैठकले विजय गुरुङको संयोजकत्वमा सम्पर्क कमिटी गठन गरेको छ ।

महासचिव बेदुराम भुसालको संयोजकत्वमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा रहेको केन्द्रीय कार्यालयसमेत गठन गरिएको छ । प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले दैनिक कार्य सञ्चालन गर्नका लागि महासचिव भुसालको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिनुभयो । बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको छ । उहाँले प्रदेश नं १ र वाग्मती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउने सहमति गठबन्धन दलबीच भइसकेको जानकारी दिए ।

 

बिहिबार, २१ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो