सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो १ बजेबाट सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक शुरु भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बैठकमा सरकार गठनका विषयमा छलफल हुने उनले बताए । साथै, भागबण्डा अनुसार दलहरुले पाउने मन्त्रालयलाई पनि बैठकले अन्तिम रुप दिने बताइएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
यसअघि मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भएर मोटामोटी सहमति भएको थियो ।