नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
माओवादी केन्द्रले भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । तर, मन्त्रालयको टुंगो भने नलागेको प्रवक्ता महराको भनाइ छ ।
माओवादीका तर्फबाट सरकारमा जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री छन ।