प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिँदै छन् । सत्तारुढ दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार नै उनले आज विश्वासको मत लिन लागेका हुन् । स्रोतका अनुसा आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिनेछन् ।

हाल सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको अवस्था छ । गत भदौ ९ गते महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले अलग्गै पार्टी दर्ता गराएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपरेको हो । विश्वासको मत लिनका लागि मुख्यमन्त्री राउतले एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेको थिए । अघिल्लो बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले समेत असोज २० मा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।

हाल प्रतिपक्षमा रहेका नेकपा एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टीले भने प्रदेशसभा बैठकमा अवरोध गर्ने तयारी गरेको जनाइएको छ । यी दुई दलबाहेक अन्य दलको समर्थन मुख्यमन्त्रीलाइ रहेकाले सजिलै विश्वासको मत पुग्ने आकलन गरिएको छ ।

बुधबार, २० अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो