नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला कार्यसमितिको सभापतिबाहेकका पदमा उम्मेदवार हुन पाउने नयाँ व्यवस्था गरेको छ।

यसअघिको काँग्रेस निर्वाचन निर्देशिकामा एक पदमा हारेको व्यक्ति अर्को पदमा उम्मेदवार हुन नपाउने नियम थियो।

निर्देशिकाको नयाँ व्यवस्था दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा लागु हुने नेपाली काँग्रेसले जनाएको छ ।

काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने नयाँ व्यवस्थासहित पत्राचार गरेका छन ।

दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि जितेका व्यक्ति मात्रै जिल्ला सभापति पदको उम्मेदवार हुन पाउँछन्। तर महाधिवेशन प्रतिनिधि हारेका व्यक्ति सभापतिबाहेक पदमा उठ्न पाइने नयाँ व्यवस्था काँग्रेसले गरेको हो ।

मङ्लबार, १९ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान