नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताउनुभएको छ ।

दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको औँल्याए ।

एकथरीले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेको भन्दै उहाँले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिए । कांग्रेसको १४औँ महाधिवेशनले नयाँ सन्देश दिने पौडेलको भनाइ छ । कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै उनले भने, “नेताहरुको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।”

कांग्रेसले भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्न सक्नुपर्ने बताउँदै उनले आज जनताले त्यस्तो कांग्रेसको खोजी गरिरहेको बताए । “चौधौँ महाधिवेशनबाट त्यस्तो पार्टी बनाउने हो । धु्रवीकरणमा नलागी कांग्रेस एक बनाउन लागौँ ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सङ्गठनलाई बलियो बनाउन नयाँ पुस्ता र नयाँ विचार आवश्यक रहेको धारणा व्यक्त गरे।

-रासस

सोमवार, १८ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान