नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन हलमा सुरु हुने उक्त महाधिवेशनमा देशभरिबाट करिब ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

शुक्रबार (आज) एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन शत्रलाई अध्यक्ष ओलीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

बिहीबारै दिइएको जानकारी अनुसार उद्घाटन शत्रपछि बन्दशत्र सुरु हुनेछ । त्यसक्रममा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव सम्मेलनमा पेश गर्ने कार्यक्रम रहेको छ । यी तीनवटै प्रस्ताव यसअघि पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गरिएको थियो ।

सम्मेलनको दोस्रो दिन अर्थात भोलि तीनवटै प्रस्तावमाथि समूहगत छलफल गरिने र १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन हुने जनाइएको छ ।

महाधिवेशन व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा एक मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सचिवमा शेरबहादुर तामाङ तथा सदस्यहरूमा कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा रहेका छन् ।

 

शुक्रबार, १५ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो