नेकपा (एमाले)को दशौं रााष्ट्रिय महाधिवेशनमा १ सय ९ सय ९९ प्रतिनिधि सहभागी हुने भएका छन् ।

शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले बिहीबारको स्थायी कमिटीको प्रस्तावलाई परिमार्जन गर्दै १९९९ जना प्रतिनिधि सहभागी गराउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि स्थायी कमिटी बैठकले १५३६ जना प्रतिनिधि सहभागी हुने प्रस्ताव गरेको थियो ।

यस्तै, बैठकले दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थप गरेको छ । यसअघि रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय समिति रहेकोमा स्थायी समिति सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई थप गर्दै समितिलाई २३ सदस्यीय बनाइएको छ ।

यस्तै बैठकले कात्तिक २७ गते सबै क्षेत्रहरुमा एकैपटक प्रतिनिधि निर्वाचित गर्ने निर्णय गरेको छ । साथै विद्युतिय भोटिङ मेसिनको सफल परीक्षण भएकाले महाधिवेशनमा प्रयोग गर्ने निर्णय पनि गरेको छ । यसअघि प्रयोग गर्ने निर्णय भए पनि परीक्षण भने भएको थिएन ।

केन्द्रीय कमिटीको अर्को बैठक मंसिर ९ गते चितवनको सौराहमा हुनेछ ।

शुक्रबार, १२ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई