बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बन्ने भएका छन् ।

नेकपा एमालीबाट मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उक्त पदमा समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता पाण्डेले दाबी गर्ने भएका हुन् ।

बुधबारै प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम नयाँ सरकार गठनका लागि आज ९बिहीबार० दिउँसो ३ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।

चार दलीय गठबन्धनबीच पाण्डेलाई नै मुख्यमन्त्री बनाउने सहमति भइसकेको छ । सोहीबमोजिम नेता पाण्डेले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीका सांसदहरुको समर्थनमा बुधबार नै प्रदेश प्रमुखसमक्ष आफ्नो बहुमत दाबी पेस गरिसकेका छन् । उनलाई आजै मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाउने प्रदेश प्रमुखको तयारी रहेको बताइएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्रीमा पाण्डे र अन्य गठबन्धन दलबाट भागबण्डाका आधारमा एक/एक जनाले मन्त्री पदका लागि आजै शपथग्रहण गर्ने तयारी रहेको छ । हाल १०९ सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतका लागि ५५ सांसदको समर्थन चाहिन्छ । मुख्यमन्त्रीका दाबेदार पाण्डेको पक्षमा ५९ सांसद रहेका छन् ।

बिहिबार, ११ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान