विद्युत नियमन आयोगले विद्युत महशुल दर घटाएको छ । आगामी मंसिरदेखि लागू हुनेगरी आयोगले नयाँ महशुल दर कायम गरेको हो ।

बुधबार पत्रकार सम्मेलनमार्फत् नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दर तोकेको जनाएको छ ।

आयोगका अनुसार नयाँ विद्युतदरमा विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क छुट गरिएको छ र न्यूनतम मासिक शुल्क ३० रुपैयाँ तिरे पुग्ने बताइएको छ ।

मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकले लाभ लिने आायोगले जनाएको छ ।

आयोगले २० युनिटसम्मलाई पहिलो स्ल्याबका रुपमा वर्गीकरण गरेको छ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्म गरि विभिन्न स्ल्याब कायम गरेको छ ।

महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको जनाइएको छ भने १०१ युनिट भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म महसुल कम भएको छ ।

यसले इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई फाइदा पुर्याएको छ ।

४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ तोकिएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी लाभ सिँचाइका ग्राहकलाई दिइएको छ । सिँचाइका ग्राहकले ८० प्रतिशतसम्म महसुल छुट पाएका छन् ।

 

बुधबार, १० कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !