बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन ।

प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिने घोषणा गरेकी हुन । उनले छोटो समयमा नै सम्झनलायक काम गरेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिइन ।

यसअघि असोज २४ गतेको बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा बुधबार मतदान हुने कार्यसूची थियो । आफूले विश्वासको मत पाउने अवस्था नभएकाले उनले राजीनामा दिएकी हुन ।

शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको नेकपा एमालेको संसदीय दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन । एमाले विभाजित भएर नेकपा ९एकीकृत समाजवादी० बनेपछि उनले बहुमत गुमाएकी थिइन ।

बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन ।

शाक्यले संघीयता बलियो बनाउन लोकतन्त्र पक्षधर दलहरुबीच न्यूनतम समझदारी हुनुपर्ने बताएकी छिन । उनले बागमतीलाई विकास र समृद्धिको नमूना प्रदेश बनाउन सकिने बताउँदै साझा प्रयासमा जोड दिइन ।

बुधबार, १० कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान