मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदेखि नयाँ दर लागु हुने जानकारी दिएका छन ।

मङ्सिर १ देखि सस्तो दरमा बिजुली दिँदै छौँ, उनले भने, “यो महसुलले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको छ । ” उनले सरकारले साझा यातायातमार्पmत ठूला विद्युतीय सवारी सञ्चालन गर्न खोजिरहेको पनि जानकारी दिए ।

उनले नेपालले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न स्वच्छ ऊर्जा प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताए । पछिल्लो समय असामयिक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति बेहोर्नु परेको र ती पनि जलवायु परिवर्तनका असर रहेको भन्दै मन्त्री भुसालले यसको न्यूनीकरणमा सबै पक्ष संवेदनशील हुनु पर्ने औँल्याए ।

विद्युतीय तीन पाङ्गे्र सवारी साधन ट्रियो मोटर्सको अनावरणका सिलसिलामा उहाँले यातायात, भान्सा, सिँचाइ तथा उद्योगहरूमा स्वच्छ ऊर्जाको बिजुलीको खपत बढाउने गरी आफूले प्राथमिकतासहित काम गरेको बताए ।

भान्सामा विद्युतीय चुलो, सडकमा विद्युतीय सवारी साधन, सिँचाइमा सहुलीयतपूर्ण दरको बिजुली उद्योगहरूलाई चाहिएजति बिजुली दिन आफूले विशेष चासो दिएर विद्युत् महसुल सस्तो बनाउने र खपत प्रवद्र्धन गर्ने काम गरेको उनको भनाइ थियो ।

 

बुधबार, १० कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा