प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जारी रहेको चौधौं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरुप मङ्सिर महिना भित्रै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन ।

मंगलबार सिंहदरबारस्थित काँग्रेसको संसदीय कार्यालयमा पार्टीको पदाधिकारी र केन्द्रीय निर्वाचन समितिबीच भएको बैठकमा सभापति देउवाले मंसिरमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यक्रमहरु अगाडि बढाउन निर्देशन दिएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए ।

‘महाधिवेशनको मिति पछाडि सर्नेभन्दा पनि मंसिर ९ देखि १३ गतेसम्म चौधौं महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा सभापति ज्यूले कडाईका साथ भन्नुभएको छ । एक, दुई दिन तलमाथि हुनसक्ला तर समयमै महाधिवेशन सम्पन्न हुनुपर्ने विषयमा छलफल भएको छ ।’, पौडेलले बताए । बैठक आज दिउँसो ३ देखि ५ बजेसम्म चलेको थियो ।

मङ्लबार, ९ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !