आठ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातायात क्षेत्रमा लगानी गर्दै आएका उनलाई महामारीले निकै पिरल्यो । एक यात्रुवाहक बस र माइक्रोबस सञ्चालन गर्दै आएका उनले कोरोनाको दोस्रो लहरसम्म किस्ता तिर्नै नसक्ने अवस्था आएपछि यातायात क्षेत्रबाटै पलायन भए । उनले निकै घाटामा आफ्ना सवारीसाधन बिक्री गरेर ऋण घटाएका छन ।

महामारीले गर्दा आठ वर्षदेखि निरन्तर चल्दै आएको यातायात व्यवसायबाट पलाउन हुन पुगेको उनले नमिठो अनुभव सुनाए । “कोरोना महामारीका कारण यातायात क्षेत्र ठप्प भयो, बैंकको किस्ता तिर्न कठिनाइ भयो, त्यसैले बस र माइक्रोबस दुवै बेचेर बसेको छु”, उहाँले भन्नुभयो, “लामो समयदेखि जमेको व्यवसाय एक्कासी घाटामा जाने अवस्थामा पुग्नु भनेको निकै जटिल विषय हो, अब केही समय व्यवसाय गर्दिनँ, पछि केही सोचौँला ।”

पर्वतको कुश्मा बजारमा घर भई धवलागिरिबाट देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्दै आएका तुलक अधिकारीले महामारीमा आफ्ना दुई स्कारपियो गाडी गुमाए । महामारीका कारण सवारी चलाउन नसकेपछि ती गाडी बेचेर बसको किस्ता तिरेको नमिठो अनुभव उनीसँग छ । अहिले बागलुङ, कुश्मा र म्याग्दीबाट अधिकारीका छ ठूला बस विभिन्न स्थानमा सञ्चालन हुँदै आएका छन् । उहाँले दसैँ, तिहार सुरु भएपछि सवारी खर्च र चालकको तलब तिर्न सक्ने भएको बताए ।

“यातायात व्यवसायीको पीडा सुन्न सक्ने छैनन्, मजस्ता धेरै व्यवसायी यो क्षेत्रबाट पलायन भइसकेका छन्, मैले रु दुई करोड ५० लाख ऋण बैंकलाई बुझाउन छ”, उनले भने, “जेनतेन छवटा बस धानेर बसेको छु, अब केही राहत होला, दसैँअघि एकोहोरो जिल्लामा यात्रु ल्याउने काम भयो, अहिले पु¥याउने काम भइरहेको छ, पुरानै लयमा यातायात व्यवसाय फर्किन अझै दुई वर्ष लाग्ला ।”

राज्यले अतिप्रभावित क्षेत्रमा रहेको यातायात व्यवसायलाई उठाउन सक्दो पहल गरोस् भन्ने चाहना रहेको व्यवसायी अधिकारीले बताए । दुईवटा एसीबस बागलुङ–काठमाडौँ र अन्य बस कुश्मा र म्याग्दीबाट छुटाउँदै आएका छन । सहकारीबाट ऋण खोजेर बैंकको किस्ता तिर्दै आएको जनाउँदै उनले कतिञ्जेल घर धितो राखेर ब्याज तिर्नुपर्ने हो अन्योलमा रहेको दुःखेसो पोखे । उनको यातायात क्षेत्रमा मात्रै रु पाँच करोडभन्दा बढी लगानी छ ।

यातायात क्षेत्रमा रु तीन करोड लगानी गर्नुभएका काठेखोला गाउँपालिका–२ भिमापोखराका कुमार बम मल्लको व्यथा उस्तै छ । दुई एसीसहितको यात्रुबाहक बस सञ्चालन गर्दै आएका मल्लले दुई वर्ष आफ्ना सवारी ग्यारेजमा नै थन्केर बसेको बताए । उनले अहिले दसैँमा बल्ल सवारीले आफ्नो खर्च उठाउन थालेको जानकारी दिए । “रु तीन करोडमा दुई ठूला बस खरिद गरेको थिएँ, कोरोनामा बैंकलाई किस्ता होइन, ब्याजमात्रै तिर्नसमेत हम्मेहम्मे भयो”, मल्लले भने, “कति साथीले ग्यारेजबाट अझै सवारी निकाल्न सकेका छैनन्, सवारीको टायर फेर्न नसक्ने अवस्था छ, पुरानै अवस्थामा फर्कन हामीलाई निकै समय लाग्नेछ ।”

यातायात व्यवसायी नै कोरोनाको प्रमुख मारमा भएकाले राज्यले यातायात क्षेत्रलाई टिकाउने खालको नीति ल्याउनुपर्ने उनीको माग छ । यातयात व्यवसायीको ऋणको अवधि बढाउने, तत्कालै मर्मतसम्भार खर्चलाई पुनः ऋण दिने गरी सरकारले पुनःकर्जा दिने नीति ल्याए पनि व्यवहारमा लागू नगरेको धवलागिरि यातायात प्रालिका अध्यक्ष उमेश केसीले बताए ।

दसैँ, तिहारपछि र खोपको प्रबन्ध भएपछि यातायात क्षेत्रमा आशाको किरण पलाएको उनले बताए । “केही आशाको किरण देखिएको छ, यसबीचमा दर्जन सवारी व्यवसायी पलायन हुनुपरेको छ, ऋण थेग्न नसक्ने अवस्थामा पुगिसकिएको थियो”, उनले भने, “राज्यले नीति, नियम बनाएर कार्यान्वयन नगर्ने हो भने समस्या हुन्छ, अहिले पनि बैंकहरुले ताकेता गरिरहेका छन्, व्यवसायीले कमाएपछि ऋण नतिर्ने कुरै हुँदैन ।”

यातायात व्यवसायीलाई पलायन हुनबाट बचाउन राज्यले मुख्य जिम्मेवारी लिनुपर्ने यातायात व्यवसायी सङ्गठनहरूको माग छ । अत्यावश्यक क्षेत्रका रूपमा रहेको यातायात व्यवसायलाई कोरोनाले थला पारेको भए पनि विस्तारै बौरिने अवस्थामा आउने यातायात व्यवसायीको अपेक्षा छ ।

-रासस

आइतवार, ७ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !