प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज छलफल हुँदैछ । आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमा छलफल गरी आजै मत विभाजन गर्ने तयारी छ ।

विश्वासको मतमा आज दिउँसो साढे १२ बजेदेखि छलफल तथा मतदान हुनेछ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेश १ मा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जसपा र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा हाल ९२ जना सांसदहरु कायम छन् । सत्तारुढ दल नेकपा एमालेसंग सभामुखसहित ४१ सांसद छन् भने सरकारको विपक्षमा रहेका दल नेपाली कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जसपाको ३ र मञ्चको एकजना गरी ५० सांसद छन् । राप्रपा नेपालको एक जना सांसदभने अहिलेसम्म कुनैपनि पक्षमा खुलेका छैनन ।

प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरेको खण्डमा प्रदेश प्रमुखले नेपालको संविधान २०७२ को धारा १६८ ९२० बमोजिमको सरकार गठन गर्न आव्हान गर्नेछन । प्रदेशप्रमुखले आव्हान गरेलगतै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ ।

आइतवार, ७ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान