सहकारी विभागले विगत दुई वर्षमा एक सयभन्दा बढी सहकारी एकआपसमा समायोजन गरिएको छ । समान उद्देश्य र एउटै कार्यक्षेत्र भएका काठमाडौँ उपत्यका र उपत्यका बाहिरका सयभन्दा बढी सहकारी समायोजन गरी ५० बनाइएको छ ।

दर्ता भएर लामो समयसम्म सेवा प्रदान गर्न नसकेका सहकारीलाई समायोजन गरिएको हो । एकीकरण तथा विभाजन निर्देशिका, २०७७ अनुसार फरक–फरक सहकारी एक हुन पाउँछन् । यसरी एक हुन चाहने सहकारीले विभागमा निवेदन पेश गर्नुपर्ने कानुनी प्रावधान छ । सोही निर्देशिकाको आधारमा सहकारी एकीकरण भएका हुन् । हाल देशभरि ३० हजार सहकारी छन् । समायोजन हुनेमा सबैभन्दा बढी बचत तथा ऋण सहकारी छन् ।

संख्यात्मक रुपमा सहकारी खुल्ने तर सेवा प्रवाहमा पारदर्शी नभएपछि विभागले सङ्ख्या घटाएर गुणस्तरीय सेवा दिने उद्देश्यका साथ एकीकरणको काम अघि बढाइएको विभागका शाखा अधिकृत सन्देश जोशीले राससलाई जानकारी दिनुभयो । बाध्यकारी बनाएर विभागले एकीकरण गर्न नमिल्ने हुँदा सहकारी नै एकआपसमा सहमति गराएर प्रक्रियामा आउनुपर्ने भएकाले दुई वर्षमा थोरै मात्र एकीकृत भएका जोशीको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाले पनि संवैधानिक व्यवस्थालाई आधार मान्दै आफ्नो अधिकार क्षेत्रभित्र रहेका सहकारीलाई एकआपसमा एकीकरण गरी सङ्ख्यात्मकरूपमा कम गर्ने काम अघि बढाएको छ । हाल कामपामा एक हजार ८४९ सहकारी संस्था छन् । उक्त सङ्ख्या घटाएर ७०० बनाउने योजनाका साथ कामपा लागिपरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका साना तथा चलायमान हुन नसकेका सहकारीलाई एकीकरण गर्ने प्रक्रिया थालेको हो ।

कामपाले यस वर्ष चालु आर्थिक वर्षको दुई महिनामा नै दुई सहकारीलाई एकीकरणका लागि अनुमति दिइसकेको छ भने अघिल्लो आवमा चार सहकारी एक भएका कामपा सहकारी विभागका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए । मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणाली अपनाइएको हो । सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरुप कानुनीरूपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ ।

-रासस

शनिबार, ६ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !