प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै संसदबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित हुने दाबी गरेका छन ।

बाढी प्रभावित क्षेत्र अवलोकनका लागि सुदूरपश्चिमा रहेका प्रधानमन्त्रीले शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी पारित हुने दाबी गरे । एडीबीलगायतका दातृ निकायमा अन्तर्राष्ट्रिय कानून लागू भएको उल्लेख गर्दै उनले एमसीसीले नेपालको कानून मान्छु भन्दा पनि झुटा प्रचार गरिएको उल्लेख गरे ।

प्रधानमन्त्रीले एमसीसीमा संशोधन गर्नुपर्ने विषय नरहेको बताए ।

प्रधानमन्त्रीले शीघ्र निर्वाचन र प्रदेश सरकारका परिवर्तनबारे गठबन्धनले निर्णय गर्ने जानकारी दिए ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले पार्टीको महाधिवेशनबारे निर्णय गर्ने अधिकार निर्वाचन समितिलाई रहेकाले आफूले त्यस विषयमा धारणा नराख्ने बताए ।

सुदूरपश्चिमजस्तै देशभर बाढी पहिरो र डुबानको समस्या रहेको बताउँदै प्रधानमन्त्री देउवाले अन्य क्षेत्रको पनि भ्रमण गर्ने जानकारी दिए । उनले सरकारले जनतालाई राहतका कार्यक्रम ल्याउने बताए ।

 

शुक्रबार, ५ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान