Trending
कोभ्याक्स सुविधामार्फत एक लाख डोज फाइजर कोरोना खोप नेपाल आउने भएको छ ।
अमेरिकाले कोभ्याक्स सुविधामार्फत उक्त खोप अर्को सातासम्म नेपाललाई उपलब्ध गराउने स्वास्थ्य सेवा विभाव खोप शाखा प्रमुख डाक्टर सागर दाहालले बताए ।
उनले अमेरिकाको सहयोगमा कोभ्याक्स सुविधामा एक लाख डोज फाइजर खोप कार्तिक ७ वा ८ गतेसम्म नेपाल आइपुग्ने र यो खोप यही कार्तिक १८ गतेदेखि १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई लगाइने बताए ।