Trending
पछिल्लो २४ घण्टामा उपत्यकामा २१४ सहित देशभर थप ५४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ९ लाख १ हजार २९३ जना पुगेको छ ।
६ हजार ५८६ पीसीआर परीक्षणमा ४७० जना र १९६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा गरी ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १४७, भक्तपुरका १६ जना र ललितपुरका ५१ गरी उपत्यकामा कुल २१४ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७२६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ८४ हजार ८८१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११३२६ पुगेको छ ।