गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिकरपर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन ।

गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका हुन ।

“लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य मुलुकका नागरिक अलपत्र परेको खबर आइरहेको छ, उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला”, गृहमन्त्री खाँणले भने ।

वर्षाका कारण हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटक अलपत्र भएका समाचार सार्वजनिक भएका छन् ।

-रासस

बिहिबार, ४ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान