संखुवासभा–काठमाडौं जर्नालिस्ट एसोसिएसन (एसकाज)ले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी नवीन गुरुङ र प्रेमप्रसाद निरौलालाई मनराम–एसकाज पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७८ बाट पाख्रीबास एफएमका स्टेसन म्यानेजर प्रेमप्रसाद निरौला र मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७७ बाट नयाँ पत्रिका दैनिकका संखुवासभा जिल्ला संवाददाता नवीन गुरुङ पुरस्कृत भएका हुन ।

लायन्स मनराम प्रतिष्ठान र एसकाजको संयुक्त पहलमा ०७३ मा स्थापित पुरस्कार हरेक वर्ष संखुवासभामा रहेर पत्रकारिता गर्दै आएका क्रियाशील पत्रकारलाई प्रदान गरिँदै आएको छ । पुरस्कारको राशी नगद २५ हजार रहेको छ ।

मनराम–एसकाज पत्रकारिता पुरस्कार यसअघि गंगा विष्ट, इन्द्र गिरी, दीपेन्द्र शाक्य र कृष्णराज शाक्यलाई प्रदान गरिएको छ ।

गत वर्ष कोभिड– १९ का कारण कार्यक्रम गर्न नसकिएकाले दुवै वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको एसकाजका अध्यक्ष शंकर खनालले बताए ।

बुधबार, ३ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !