Trending
पछिल्लो २४ घण्टामा उपत्यकामा २७४ सहित देशभर थप ५९१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ९८ हजार ९९० जना पुगेको छ ।
९ हजार ६९७ पीसीआर परीक्षणमा ५२३ जना र ३२६ जना र २०४३ एन्टिजेन परीक्षण गर्दा ६८ जनामा गरी ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २०३, भक्तपुरका ३० जना र ललितपुरका ४१ गरी उपत्यकामा कुल २७४ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९३७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ८२ हजार ३९३ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११२९३ पुगेको छ ।