नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले वृद्धि गरिएको औद्योगिक विद्युत डिमान्ड शुल्क अबिलम्ब फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेट गरी गत भदौ ३० गते विद्युत नियमन आयोग र प्राधिकरणले गरेको निर्णय सच्याउन माग गरेका हुन् ।

नियमन आयोगले गत भदौ ३० सार्वजनिक सूचना प्रकाशित गर्दै औद्योगिक क्षेत्रमा जाने विद्युत डिमान्ड शुल्क बढाउन प्राधिकरणलाई सिफारिस गरेको थियो भने प्राधिकरणले लामो समयदेखि विद्युत खरिद सम्झौता (पीपीए) रोकि राखेको छ ।

जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा आयोग र प्राधिकरणका पछिल्ला निर्णयहरूले महासंघको गम्भीर ध्यानाकर्षण गराएको जनाउँदै दुवै निर्णय तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरेको हो ।

डिमान्ड शुल्क बृद्धि हुँदा औद्योगिक लागत बढन गई आर्थिक गतिविधि संकुचित हुने र यसले लक्षित आर्थिक वृद्धि र रोजगारी सिर्जनामा समेत प्रतिकुल असर पार्ने हुँदा सो निर्णय तत्काल सच्याउनु पर्ने महासंघले जनाएको छ ।

सोही अवसरमा महासंघले प्रतिस्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत महसुल न्युन गरि अन्य शुल्क हटाउँदै जानुपर्ने माग गरिरहेका बेला उल्टो आयोगबाट उद्योगहरूका लागि टिओडी मिटर मार्फत निश्चित समयमा विद्युत महसुल बढी लिन पाउने व्यवस्था सिफारिस गरेमा महासंघ आश्चर्यमा परेको बताएको छ ।

साथै २०७५ साल फागुनदेखि रोकी राखिएको पीपीए भौतिक पूर्वाधार (जेनेरेसन लाइसेन्स) सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनाहरुसँग तत्काल पीपीए गर्न समेत महासंघले सरकारसँग माग गरेको छ ।

 

मङ्लबार, १२ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा