तीन प्रतिवेदन पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सकिएको छ ।

तीन दिनसम्म चलेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मत पारित भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमाले विधान महाधिवेशन असोज १५ गते बिहान ११ बजेदेखि गोदावारीस्थित सनराइज हलमा सुरु हुनेछ । तीन दिनसम्म चल्ने विधान महाधिवेशनमा करिव ५ हजार प्रतिनिधिले भाग लिने भट्टराईले जानकारी दिए ।

महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सम्पूर्ण सदस्य, केन्द्रीय विभागबाट सचिवसहित ५ जना, घोषित जनसंगठन केन्द्रीय पदाधिकारी र वरिष्ठ सदस्य गरी १० जना, जिल्ला कमिटीका पदाधिकारी, जिल्लाको निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसमेतका पदाधिकारी, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, एमाले पार्टी सदस्य रहेका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, एमाले पार्टी सदस्य रहेका पालिकाका प्रमुख उपप्रमुख तथा कतिपय प्रवास कमिटीबाट पनि प्रतिनिधित्व हुनेछ ।

एकीकरणमा सामेल भएकाहरुलाई सम्मानजनक सहभागी गराइने बताउँदै भट्टराईले त्यसबाहेक १० प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने जानकारी दिए ।

एमालेले बजेटको प्रतिस्थापन विधेयकमा स्रोत नखुलेको सम्पत्ति लगानी गर्न दिने व्यवस्थाप्रति आपत्ति जनाएको छ भने बैतडीका एमाले नेता जयराज अवस्थीको निधनमा शोक व्यक्त गरेको छ ।

 

आइतवार, १० अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान